सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

बिदेश राजनीति समाचार

पर्सा, २९ माघ ।

जिल्ला प्रहरी कार्यालय पर्साले सवारी ज्यान मुद्दामा विगत १६ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। विशेष प्रहरी टोलीले फरार रहेका छठु साह तेली र चन्दु राउत कुर्मीलाई अलग-अलग स्थानबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

छठु साह तेलीलाई २०६४ साल वैशाख १४ गते भएको सवारी दुर्घटनामा संलग्न रहेको आरोपमा २०८१ साल माघ २७ गते वीरगञ्ज महानगरपालिका वडा नं. १७ बाट पक्राउ गरिएको हो। तेलीले चलाएको टेम्पो (ना.१ ह ९०७) को ठक्करबाट राजेन्द्र साह सोनारको मृत्यु भएको थियो। उनलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।

त्यस्तै, चन्दु राउत कुर्मीलाई २०६४ साल कात्तिक ३ गते भएको अर्को सवारी दुर्घटनामा संलग्न रहेको आरोपमा २०८१ साल माघ २८ गते वीरगञ्ज महानगरपालिका वडा नं. २५ बाट पक्राउ गरिएको छ। उनले चलाएको मोटरसाइकल (ना.३ प ९७१८) दुर्घटनाग्रस्त हुँदा होरिल राउत कुर्मीको मृत्यु भएको थियो। उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, दुबै घटनाका फरार प्रतिवादीलाई कानुनी कारबाही अघि बढाउन सफल भएको र अनुसन्धान जारी रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *