पोखरा, ३ फागुन । बेलुन पडकिएर उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते भएका हुन ।
भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ ।
दुवै जनालाई उपचारको लागि अस्पताल लगिएको छ ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यवस्था बुझ्न गृहमन्त्री पुगे बर्न अस्पताल:
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यवस्था बुझ्न गृहमन्त्री रमेश लेखक कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किँदा आँगोको लप्काले जलेर उनीहरू घाइते भएका थिए।
अर्थमन्त्री पौडेलका साथै पोखरा महानगर प्रमुख आचार्यको उपचार भइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। घाइतेको अवस्था बुझ्दै उनले आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सतर्कता अपनाउनुपर्ने बताए।
