पर्सामा फेला परेको नाम नखुलेकी युवतीको शवको सनाखत गर्न प्रहरीको अनुरोध

समाचार

पर्सा, फागुन १२।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ४ स्थित तिलावे खोलामा एक अन्दाजी २० देखि २५ वर्षकी युवतीको शव फेला परेको छ। हालसम्म मृतकको नाम, थर, र स्थायी वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

मिति २०८१ फागुन १० गते साँझ करिब ६:२० बजे खोलामा तैरिरहेको अवस्थामा शव फेला परेको हो। शवको हुलिया सम्बन्धी विवरण अनुसार मृतकको बर्ण गहुँगोरो, हरियोमा सेतो रंगको जम सुट लगाएकी, मझौला शरीर, उचाइ ५ फिट १ इन्च, हात खुट्टामा गुलाबी रंगको नेल पोलिस लगाएको र दाहिने हातमा रक्षा सुत्र (डोरी) बाँधेको बताइएको छ। साथै, उनको कपाल बाक्लो र लामो रहेको छ।

प्रहरीले मृतकको सनाखतका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालय, सिमावर्ती भारतीय क्षेत्रलगायतमा समेत हुलिया परिपत्र गरिएको तर हालसम्म पहिचान हुन नसकेको जनाएको छ।

प्रहरीले निम्न परिस्थितिमा नागरिकहरूलाई सहयोग गर्न अपिल गरेको छ:

  • यदि कुनै परिवार सदस्य, आफन्तजन वा साथीसंगी हराइरहेको भएमा।
  • घरमा डेरा गरी बस्ने मानिस सम्पर्कमा नआएको भएमा।
  • उद्योग, कलकारखाना, कम्पनी, पसल वा कार्यालयमा काम गर्ने व्यक्ति/कामदार सम्पर्कमा नआएको भएमा।
  • संगै काम गर्ने साथीहरू सम्पर्कमा नआएको भएमा।
  • घटनासम्बन्धी कुनै जानकारी भएमा।

जिल्ला प्रहरी कार्यालय पर्साले नजिकको प्रहरी कार्यालय वा प्रहरी नियन्त्रण कक्ष (१००/९८५५०९०१३६/९८५५०९०३२९) मा सम्पर्क गर्न अनुरोध गरेको छ। अनुसन्धानमा सहयोग पु¥याउन उक्त सूचना सेयर गर्नसमेत प्रहरीको आग्रह छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *