प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीलाई निर्देशनात्मक सम्बोधन

समाचार

पोखरा,२९ मंसिर ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गर्नुभएको छ।

उक्त अवसरमा महानिरीक्षक कार्कीले शान्ति–सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा अनुसन्धानलाई अझ प्रभावकारी बनाउन र जनमुखी प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। उहाँले प्रहरी संगठनको छवि मजबुत बनाउन अनुशासन, इमान्दारी, पारदर्शिता र व्यावसायिकतामा कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो।

महानिरीक्षक कार्कीले प्रदेशको भौगोलिक अवस्था, पर्यटन क्षेत्रको सुरक्षा, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउँदै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका उच्च अधिकृतहरू तथा विभिन्न जिल्लाबाट आएका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। निर्देशनात्मक सम्बोधनपछि प्रहरी सेवाको गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *