वीरगंज, २५ फागुन ।
११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सा र आमा नेपाल फाउन्डेशन पर्साको संयुक्त आयोजनामा र्याली सम्पन्न भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त र्याली बिहान ८:४५ बजे वीरगंज महानगरपालिका–८ स्थित घण्टाघरबाट सुरु भई माइस्थान, मकालु, बिर्ता मन्दिर, गणेशमान चोक, कन्या स्कूल, अलखिया मठ, ग्रिनसिटी, घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा आएर सम्पन्न भएको थियो।
र्यालीमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, १३ नम्बर गण वीरगंजका स.प्र.उ. राधेश्याम धीमाल, आमा नेपाल फाउन्डेशन पर्साका अध्यक्ष प्रमिता मानन्धर, जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी, विद्यार्थी लगायत करिब २०० जनाको सहभागिता रहेको थियो।
यस अवसरमा महिला अधिकार, समानता र सुरक्षा सम्बन्धी विभिन्न नारासहित जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो।
