अमलेखगञ्जमा २ किलो ९९ ग्राम अफिमसहित एक व्यक्ति पक्राउ

समाचार

बारा, चैत २७ ।

जिल्ला प्रहरी कार्यालय, बाराले विशेष सूचनाका आधारमा लागू औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ  नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले आज बिहान करिब ७:४० बजे जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित चेकपोइन्टमा चेकजाँचको क्रममा १५० सि.सि.को प्र.२–०३–००९ प ३८७८ नम्बरको पल्सर मोटरसाइकल जाँच गर्दा सिटमुनी लुकाइछिपाई राखिएको अफिम जस्तो देखिने लागू औषध बरामद गरेको हो।

प्रहरीले पर्सा जिल्ला बहुदरमाई नगरपालिका–६, गम्हरिया बस्ने ३२ वर्षीय सरोज प्रसाद साहलाई पक्राउ गरी मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

बरामद गरिएको लागू औषधको तौल २ किलो ९९ ग्राम रहेको छ। हाल आरोपीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *