रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाईकल बरामद

समाचार

रौतहट ३० चैत।  रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गत १५ गतेदेखि हिजो २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा बिभिन्न ब्राण्डको कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको हो।

 

बरामद मोटरसाईकलहरु को कुल ३ लाख ५० हजार रुपैयाँ मूल्यांकन सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए ।

 

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा प्रहरीले सञ्चालन गरेको चोरीको सवारी साधन नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको स्थानीयहरूले बताएका छन्

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *