वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी : सभा, जुलुस, प्रदर्शन गर्न प्रतिबन्ध

समाचार

पर्सा ,१ बैशाख ।

वीरगञ्जमा लागू गरिएको कर्फ्यु आदेश हटाइएको छ भने केही क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित सूचनामा मिति २०८१ चैत ३० गते साँझ ७:३० बजेदेखि लागू गरिएको कर्फ्यु आदेश मिति २०८१ चैत ३१ गते राति १२:०० बजेदेखि हटाइएको उल्लेख गरिएको छ।

जिल्ला सुरक्षा समितिको निर्णय र सर्वपक्षीय छलफलका आधारमा शान्ति सुरक्षाको अवस्था क्रमशः सुधार हुँदै गएको ठहर गर्दै कर्फ्यु आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको निष्कर्ष निकालिएको हो।

यद्यपि, अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम मिति २०८२ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि केही क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। यस अन्तर्गत सभा, जुलुस, प्रदर्शन, भेला, बैठक तथा घेराउ गर्न पाइने छैन।

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरू यस्ता छन्:
१. पूर्वः बाईपास रोड
२. पश्चिमः सिर्सिया पुल
३. उत्तरः गण्डक चौक
४. दक्षिणः शंकराचार्य गेट

उक्त आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानूनअनुसार कारबाही गरिने जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *