आईजीपी थापाको पहिलो बोल्ड निर्णय : ६१ जना इन्सपेक्टरमा बढुवा सिफारिस

समाचार

काठमाडौं, २ बैशाख – नेपाल प्रहरीले लामो समयदेखि रोकिएको इन्सपेक्टर तहको बढुवामा ठुलो निर्णय गरेको छ। आइतबार साँझ ६१ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरिएको हो।

जानकारहरूका अनुसार यो निर्णयलाई प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको पहिलो ‘बोल्ड एक्सन’ मानिएको छ, किनभने यसपटक बढुवा भएका सबैजना सिनियर टोली अर्थात् २०५८ सालमा भर्ना भएको ११३ औं ब्याचका हुन्।

महानिरीक्षक थापाले सिनियर ब्याचको मर्यादा कायम राख्दै, अनुभव र सेवा अवधिलाई प्राथमिकता दिएको देखिन्छ। यसले प्रहरी संगठनभित्र पारदर्शिता र योग्यताको आधारमा निर्णय गर्ने नेतृत्वको सङ्केत दिएको छ।

प्रहरी स्रोतका अनुसार यही साता रिक्त रहेका एआइजी (AIG) र डिआइजी (DIG) पदमा पनि बढुवा प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

महानिरीक्षक थापालाई अब निर्भीक र निडर निर्णय लिन सक्ने आईजीपीका रूपमा लिइन थालेको प्रहरी वृत्तमा चर्चा छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *