ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

समाचार

झापा, २३ बैशाख। लागुऔषध कारोबारमाथि कारबाहीको सिलसिलामा झापामा प्रहरीले गोली चलाएको छ।
कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङ्गा-झापा सडकखण्डमा सोमबार बिहान प्रहरीले दुई राउन्ड गोली चलाएको हो।
बिआर३७९१९८ नम्बरको मोटरसाइकलमा सवार कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
गोली चलाएपछि मोटरसाइकल छोडेर कारोबारी भागेको खड्काले बताए। मोटरसाइकलबाट प्रहरीले २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ।
‘मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भागेपछि गोली चलाइएको हो, ती कारोबार अहिले फरार छन्,’ उनले भने, ‘लागुऔषध र मोटरसाइकल बाटोमै छोडेर भागेका छन्। उनको खोजी भइरहेको छ।’
कारोबारी भागेपछि थ्री नट थ्री राइफलबाट प्रहरीले दुई राउन्ड गोली चलाएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *