राजतन्त्र कालमा आफुलाई फ्रिमा ४ बर्ष थुनेको प्रधानमन्त्रीको भनाई

राजनीति समाचार

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई ४ बर्ष अनाबश्यक थुनामा राखेको बताएका छन् ।

 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिदैँ उनले १० बर्षमा मुद्दा सकिएको भए पनि थप ४ बर्ष अनावश्यक थुनेको बताएका हुन् ।

 

‘१० बर्षमा मुद्दा सकियो तर थप ४ बर्ष फ्रिमा थुनिदियो, थुनिने म आफैँ साक्षी रहेको छु,’ उनले भने ।

 

उनले गत १५ चैतमा भएको राजावादी आन्दोलनको नेतृत्व् र त्यसको जिम्मेवारी लिन कोही अघि नआएको पनि उनले बताए । ‘चैत १५ गतेको आन्दोलनको नेतृत्व बेवारिस भएको छ, तपाई हो नेतृत्वकर्ता हो भन्दा होइन, अहिले म होइन, म होइन् भन्छन्,’ उनले भने, ‘के दिक्क लाग्यो भनेर जडिबुटीले आफैँ आगो लगाएर आत्महत्या गरेको हो ?’

उनले केही दिन अघि राजावादीको भेलामा ‘राजासँग नमिले भाग्ने दिन आउँछ’ भन्ने भनाई प्रति पनि टिप्पणी गरेका छन् । ‘जनताले यसअघि नै फालेको प्रतिगामीहरूलाई ल्याउनका लागि राजासँग नमिले भाग्नु पर्छ भन्ने अभिब्यक्ति सुने, म त पाको भएँ, कहाँ भाग्न सक्छु र ? नेपाली जनतालाई ललकार्ने नेपाली जनता भाग्दैन, भाग्दै भाग्दैन । हामी पाका मान्छे कहाँ भाग्ने ? भाग्ने त तपाई युवाहरु सक्नुहुन्छ, हामी बुढापाका भाग्न सक्दैनौ, हामी भाग्दैनौं ।’

म मेयर होइन, बिराटनगरको मात्रै चिन्ता लिनेः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिराटनगरको विकासमा मात्रै आफ्नै ध्यान नदिने बताएका छन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उठाएको प्रश्नको जवाफ दिदैँ सो धारणा राखेका हुन् ।

 

‘म बिराटनगरको मेयर होइन, त्यसको मात्रै चिन्ता लिएर बस्नु, मैले कर्णालीको पनि चिन्ता लिनु पर्छ,’ उनले भने, ‘सहर निर्माण प्रतिस्पर्धामा हुन्छ, हिजो बिराटनगर पहिलो थियो, अहिले अरूले जित्यो होला, आफ्नै नगर कसरी बनाउने हो भन्ने बारेमा पहिलो त्यहाँको जनप्रतिनिधि र मेयरले नै बढी चासो लिनुपर्छ, त्यसका लागि मेहनत गर्नु पर्छ ।’

 

बिराटनगर बनाउन त्यहाँका स्थानिय जनप्रतिनिधिले नै मेहनत गर्नु पर्ने उनकाे सुझाव छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *