सशस्त्र प्रहरीद्वारा जितपुर सिमराबाट लाखौं मुल्य बराबरको भन्सार छलिका सामग्री बरामद

समाचार

रसीद आलम

बारा, २८ वैशाख — सशस्त्र प्रहरी बल, सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा करिब १ लाख १४ हजार रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न सामग्री बरामद गरेको छ।

डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले बाराको कलैयाबाट काठमाडौँतर्फ जाँदै गरेको टाटा सुमो गाडीलाई जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बढरवा चोकमा रोकेर चेकजाँच गर्दा खजुर, स्निकर चकलेट, चकलेट कलर र ह्यापीडेन्टलगायतका सामग्री बरामद गरेको हो।

सशस्त्र प्रहरी बाराले उक्त अबैध सामग्रीलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार यस्ता कारबाहीहरू नियमित रूपमा तीव्र पारिएको र सीमा क्षेत्रमा भन्सार छलाउने प्रयास रोक्न सतर्कता अपनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *