बारा,२८ बैशाख ।
बारा, विश्रामपुर गाउँपालिका-५ नकटुवाबाट शनिबार राति ब्राउनसुगर जस्तो देखिने करिब ४२० मिलिग्राम अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २० वर्षीय शेख फैईयाज र आदर्श कोतवाल गाउँपालिका-२ खजुरिया बस्ने ३५ वर्षीय नितेश कुमार कोईरी रहेका छन्।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो। हाल पक्राउ परेका व्यक्तिहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
