विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ

समाचार

काठमाडौं ,३१ बैशाख । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका-८ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउदलाई काठमाडौं-१२ र बोहरालाई ललतिपुर-३ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

साउदले आयरल्याण्ड पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ४१ लाख ९० हजार र युके पठाइदिन्छु भन्दै बोहराले एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए।

विदेश लैजाने बहानामा रकम लिएर लामो समय फरार भएपछि दुबैविरूद्ध पीडित प्रहरीमा उजुरी गर्न पुगेका थिए।

पक्राउ परेकालाई मंगलबार वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *