बारा, २७ भदौ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित बैदेही पेट्रोल पम्प अगाडिबाट ५ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भदौ २५ गते साँझ करिब ६ बजेतिर अमलेखगञ्जबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–०१२ प ६५४३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो।
मोटरसाइकल चालक जितपुरसिमरा–२२ चकरीका ३० वर्षीय मनोज जिम्बा र पछाडि सवार ऐ.ऐ.का २६ वर्षीय सोनाम थिङको साथबाट बोकेको ब्याग खोल्दा करिब ५ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जना र बरामद मोटरसाइकललाई नियन्त्रणमा लिई जिल्ला अदालत कलैया, बाराबाट म्याद लिएर थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।
