वीरगञ्ज कारागारको वातावरण सहज अवस्थामा ,सबै कैदीबन्दी सुरक्षित :कारागार प्रशासक

समाचार

वीरगञ्ज, भदौ २७ ।
पर्सा कारागारमा कैदीबन्दीहरुले पर्खाल भत्काएर भाग्ने प्रयास गरेका थिए । कारागार प्रशासनका अनुसार भदौ २४ गते राति ११:०० बजेदेखि कैदीबन्दीहरुले कारागारभित्र रहेको सीसीटीभी क्यामेरा फुटाउने, भित्री संरचना ध्वस्त पार्ने र बाहिरी पर्खालको तीन ठाउँमा क्षति पुर्‍याउने कार्य गरेका हुन् ।

तर, विषम परिस्थितिमा विभिन्न सुरक्षा रणनीति अपनाइएकाले कुनै पनि कैदीबन्दी कारागारबाट भाग्न वा उम्कन सफल हुन सकेनन् । सो क्रममा मानवीय क्षति समेत हुन पाएन ।

कारागार प्रशासक (उप–सचिव) बाबुलाल रेग्मीले हस्ताक्षर गरेको सूचनामा उल्लेख भएअनुसार अहिले कारागारको वातावरण सहज अवस्थामा आएको छ र सबै कैदीबन्दी सुरक्षित रहेका छन् ।

यस घटनाबारे कैदीबन्दीका परिवार, आफन्त तथा सरोकारवालालाई अनावश्यक त्रास नलिन कारागार प्रशासनले अनुरोध गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *