काठमाडौं, २७ भदौ ।
राजधानी काठमाडौंमा जारी जेन-जी आन्दोलनका क्रममा गोली लागेर वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका २२ वर्षीय असहाब आलम ठकुराईको मृत्यु भएको छ।
परिवारका अनुसार आन्दोलनका क्रममा आलमलाई छाती र पेटमा दुई गोली लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै शिक्षण अस्पतालमा उपचारका लागि लगिएको भए पनि उनको त्यहाँ मृत्यु भएको पुष्टि गरिएको छ।
मृतक आलमको शव आजै वीरगञ्ज ल्याइने तयारी भइरहेको उनका परिवारजनले जनाएका छन्। आकस्मिक निधनपछि परिवार तथा स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।
