काठमाडौं, भदौ २७ –
सिन्धुली जिल्ला मरिन–४ स्थायी घर भएका एक व्यक्तिले काठमाडौँको डल्लु क्षेत्रमा खटिएको नेपाली सेनाको गस्ती टोलीलाई एक थान ९ मि.मि. चाइनिज पेस्तोल बुझाएका छन्।
नेपाली सेनाले दिएको जानकारीअनुसार हालसम्म देशका विभिन्न स्थानबाट जम्मा २६८ नाल हतियार बरामद गरिएको छ।
सेनाले सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै नागरिकलाई अवैध तथा आन्दोलनको क्रममा खोसिएको हतियार स्वेच्छाले बुझाउन आग्रह गरेको छ।
