काठमाडौँ,२७ भदौ । विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिप्पणी, धारणा र विश्लेषण सार्वजनिक भइरहेका अवस्थामा नेपाली सेनाले आम सर्वसाधारणलाई भ्रामक तथा झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको छ।
सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको स्पष्ट पार्दै गलत सूचना वा अपप्रचारमा नफस्न अनुरोध गरेको हो।
नेपाली सेनाले भनिएको छ, “हाम्रो आधिकारिक सूचनामार्फत मात्र तथ्यपरक जानकारी पाउनुहुनेछ, त्यसैले अन्य भ्रामक सामग्रीप्रति सचेत रहनुहोस्।”
