पर्सा: पकहामैनपुरमा आगलागी, दुई घरगोठ जलेर नष्ट, करिब १५ लाख बराबरको क्षति

समाचार

पर्सा, जेठ २३ । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका-०४ खेस्रहा स्थित रामाशंकर गिरीको गोठमा आज बिहान करिब ४:४० बजे विद्युतीय सर्ट भई आगलागी भएको छ। उक्त आगलागीबाट रामाशंकर गिरी र दरोगा गिरीको घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार बिहान ७:३० बजेतिर दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीमा मानवीय क्षति नभएको जनाइएको छ।

आगोबाट रामाशंकर गिरीको फुसको गोठ र बस्ने घर गरी दुईवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। उक्त घरमा रहेको अन्नपात, लत्ता-कपडा, गहना लगायत अन्दाजी ७ लाख रुपैयाँ बराबरको सामान नष्ट भएको छ। साथै उनको एक भैंसी र पाडो पनि घाइते भएका छन्।

त्यस्तै दरोगा गिरीको पनि फुसको गोठ र बस्ने घर पूर्णरूपमा जलेर नष्ट भएको छ। उक्त घरमा रहेको धान, गहुँ, काठ, भाँडाकुडा र गहना समेत गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

प्रभावित दुवै परिवारलाई तत्काल छिमेकीको घरमा बसोबासको व्यवस्था गरिएको प्रहरी प्रवक्ता डिएसपी लम्सालले बताएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *