बिरगंज ईनर्वामा तीव्र गतिका कारण कार दुर्घटना, चालक सकुशल उद्धार

समाचार

रसीद आलम

बिरगंज, १२ असार । पर्साको बिरगंज महानगरपालिका–१६ इनर्वा बाइपास रोडस्थित डिभाइडरमा आज बिहान साढे ९ बजेतिर एक कार ठोक्किएर दुर्घटना भएको छ । बसपार्कतर्फबाट बिरगंज भन्सारतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च–७६३९ नम्बरको कार तीव्र गतिमा अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार कार निकै तीव्र गतिमा रहेकाले चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हो । दुर्घटना लगत्तै अस्थायी प्रहरी चौकी इनर्वा गाउँका प्रहरी सहायक निरीक्षक संजय यादवको कमाण्डमा खटिएको टोलीले कार र चालकको उद्धार गरेको थियो । दुर्घटनामा चालक बिरगंज महानगरपालिका–१५ ब्रह्म चौक निवासी अन्जन दास सकुशल रहेको जानकारी प्रहरीले दिएको छ ।

हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक यादवले बताएका छन् । प्रहरीले सर्वसाधारणलाई तीव्र गतिमा सवारी नचलाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *