अवैध सामान बरामद तथा नष्ट: सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौकाको सफल अपरेसन

समाचार

बिरगंज ,असार १२ ।

सशस्त्र प्रहरी पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका, डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा परिचालित टोलीले इलाका पर्साको बिन्दाबासिनी गाउँपालिका-४, अम्मरपट्टि क्षेत्रबाट अवैध सामानहरू नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलका अनुसार, गुल्मको गस्ती टोलीले रु. १ लाख ६३ हजार बराबरको कपडा तथा किराना सामग्री बिना भन्सारका ल्याइएको अवस्थामा बरामद गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ।

त्यस्तै, अर्को अपरेसन अन्तर्गत सोही गुल्मले रु. ९३ हजार बराबरको अन्य अवैध सामान पनि बरामद गरी भन्सार कार्यालय पठाएको जनाएको छ। यसैबीच, सशस्त्र प्रहरीले रु. ७० हजार बराबरको अखाद्य सामग्रीलाई नष्ट गरेको जानकारी दिएको छ।

गुल्मका डिएसपी पुजाराका अनुसार, सीमावर्ती क्षेत्रमा भइरहेका अवैध कारोबार रोक्न सशस्त्र प्रहरी बलले नियमित गस्ती तथा निगरानी तीव्र पारिएको छ। उनले सबै सुरक्षाकर्मीलाई सतर्क रहन र तस्करी तथा अन्य गैरकानूनी गतिविधि नियन्त्रण गर्न सक्रिय भएर लाग्न निर्देशन समेत दिएका छन्।

यसरी सीमामा हुने अवैध गतिविधिमाथि सशक्त निगरानी गरी नियन्त्रणमा ल्याउनु सशस्त्र प्रहरीको मुख्य जिम्मेवारी रहेको र आगामी दिनहरूमा पनि यस्तो अभियानलाई निरन्तरता दिइने उनले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *