नेशनल मेडिकल कलेजद्वारा एसपी राधेश्याम धिमाललाई सम्मानपूर्वक विदाई

समाचार

वीरगंज, साउन १ गते।

नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल, वीरगंजले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। पर्सा जिल्लामा कार्यरत रहँदा उनले सामाजिक उत्तरदायित्व तथा शान्ति सुरक्षामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै कलेज प्रशासनले विदाई कार्यक्रम आयोजना गरेको हो।

उक्त कार्यक्रम कलेजका अध्यक्ष प्रो. डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डा. ईसरत जहाँ अन्सारी, एकेडेमिक डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, प्रधानाध्यापक प्रो. डा. के.एन. सिंह लगायत पर्साका अग्रणी सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

वक्ताहरूले एसपी धिमालको कार्यकाललाई स्मरणीय, प्रेरणादायी र जनमैत्री भएको बताउँदै, वीरगंजको समग्र सुरक्षा व्यवस्थामा उनले निभाएको भूमिकाको खुलेर प्रशंसा गरे।

कार्यक्रमको समापनमा एसपी धिमालले नेशनल मेडिकल कलेजप्रति आभार प्रकट गर्दै भने, “सामाजिक संस्थाहरूको साथ र समर्थनले प्रहरी प्रशासन अझ प्रभावकारी र जनमैत्री बन्न सक्छ।”

उक्त जानकारी कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले दिएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *