चितवनमा फेला परे लाखौं मुल्यका वेवारिसे कपडा

समाचार

चितवन, १ चैत । लाखौं मुल्य बराबरका कपडा बेवारिसे अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्व–पश्चिम राजमार्गको भरतपुर–९ स्थित गोन्द्राङमा बेवारिसे अवस्थामा ती कपडा फेला हुन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितका अनुसार ९ लाख ७८ हजार ४३० रूपैयाँ मूल्य बराबरको सो कपडा गोन्द्राङमा बेवारिस अवस्थामा रहेका थिए । उनका अनुसार बेवारिसे अवस्थामा फेला परेका उक्त कपडा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय,पथलैयामा पठाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *