वीरगञ्ज, साउन १ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “फेरी भेटौँला” शीर्षकमा आज बिहीबार बिहान ७:४५ बजे एक भव्य विदाई कार्यक्रमको आयोजना गरिएको छ। वीरगञ्जस्थित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरमा आयोजित सो कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, वीरगञ्ज पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको सम्मानमा सम्पन्न भयो।
उहाँको काठमाडौं सरुवाको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि रुङ्गता वेलफेयर सोसाइटी वीरगञ्जका अध्यक्ष सुरेश कुमार रुङ्गता रहनु भयो भने कार्यक्रमको अध्यक्षता सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभयो।
कार्यक्रममा नागरिक समाजका अगुवा, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको दौरान सहभागीहरूले उपरीक्षक धिमालको कार्यकालको सराहना गर्दै उहाँको आगामी कार्यपथ सफल र गौरवमय रहोस् भन्ने शुभकामना व्यक्त गरे। सो विदाई कार्यक्रम करिब ९:३० बजे समापन गरिएको थियो।
सहभागी विशिष्ट व्यक्तित्वहरुः
१. प्रमुख अतिथि: सुरेश कुमार रुङ्गता – अध्यक्ष, रुङ्गता वेलफेयर सोसाइटी, वीरगञ्ज
२. सशस्त्र प्रहरी उपरीक्षक: राधेश्याम धिमाल – नं. १३ गण, सशस्त्र प्रहरी बल नेपाल
३. संजय शर्मा – उपाध्यक्ष, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र
४. महेश सिंह धामी – सामुदायिक आँखा अस्पताल
५. शुशिल कादमिया – सदस्य, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र
६. त्रिलोक चन्द दारुका – सदस्य, ग्रीन सिटी
७. चन्द्र अग्रवाल – सदस्य, ग्रीन सिटी
८. कैलाश बजाज – सदस्य, ग्रीन सिटी
९. सन्तोष रञ्जितकार – सञ्चारकर्मी
१०. अजित भूजेल – सञ्चारकर्मी
११. सुष्मिता यादव – नियमित खबर
१२. अभिनाश गुप्ता – नियमित खबर
१३. प्रहरी वरिष्ठ हवल्दार प्रेम राम
१४. प्रहरी सहायक हवल्दार अजिता घिमीरे
१५. प्रहरी जवान अमर सिंह साउद
विदाई समारोहले सामुदायिक प्रहरी र नागरिकबीचको सम्बन्ध अझ बलियो बनाएको उपस्थित सहभागीहरूको मत थियो।
