काठमाडौं, साउन १८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत रविन्द्र ढाँटलाई बधाई दिएका छन्।
भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ को बान्टमवेट च्याम्पियन बन्न सफल भएका हुन्। यो जितसँगै ढाँट पहिलोपटक नेपाललाई यो प्रतियोगिताको उपाधि दिलाउन सफल भएका छन्।
प्रधानमन्त्री ओलीले रविन्द्रको यो ऐतिहासिक जितमा खुशी व्यक्त गर्दै देशको गौरव बढाएकोमा हार्दिक बधाई दिएका छन्।
