ठोरीको ढेँडु खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु

समाचार

पर्सा, २७ साउन । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ स्थित ढेँडु खोलामा आज बिहान नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।

मनोज कठायतका ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय आयांस कठायत बिहान करिब १०:०० बजे खोलामा नुहाउँदै गर्दा अचानक पानीमा डुबेका थिए। उनीहरू पानीमा तैरिरहेको अवस्था देखेपछि स्थानीयले तत्काल उद्धार गरी ठोरीस्थित स्वास्थ्य चौकी पुर्याएका थिए। तर स्वास्थ्यकर्मीहरूले दुवैको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि गरेका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी सहायक निरीक्षक मुन्ना साहको नेतृत्वमा ७ जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खड्काको कमाण्डमा SOCO टोली घटनास्थल पुगेको थियो। कानुनी प्रक्रिया पूरा गरी दुवै बालकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीले यस घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *