वीरगञ्जमा हैजा नियन्त्रणका लागि हेल्थ डेस्क स्थापना

समाचार

वीरगञ्ज, भदौ,९ ।
वीरगञ्ज महानगरपालिकाले हाल फैलिरहेको हैजाको प्रकोप नियन्त्रणका लागि विशेष हेल्थ डेस्क स्थापना गरेको छ। महानगरपालिकाले स्वास्थ्य सम्बन्धी समस्या वा हैजासम्बन्धी जानकारी आवश्यक परेमा तत्काल सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

महानगरले हेल्थ डेस्कमा डा. रुपनारायण झाश्रीष्टा कौशिकलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ। आपतकालीन अवस्थामा ९८४५१११९९९ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

महानगरपालिकाले कुनै पनि लक्षण देखिएमा ढिलाइ नगरी हेल्थ डेस्कमा सम्पर्क गर्न, सुरक्षित पानी मात्र पिउन र सरसफाइमा विशेष ध्यान दिन सबैलाई अनुरोध गरेको छ।

यस पहलले हैजाको संक्रमण नियन्त्रण र उपचारमा सहयोग पुग्ने विश्वास महानगरले व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *