९९ लाख ९१ हजारको बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

समाचार

काठमाडौं ,१३ भदौ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका-८ का ४१ वर्षीय हरिशचन्द्र खनाल रहेका छन्। भक्तपुर सूर्यविनायक-२ लोकन्थली बस्दै आएका खनाललाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

फरार व्यक्तिको खोजी सिलसिलामा नयाँ बानेश्वर वृत्तको टोलीले कोटेश्वरबाट खनाललाई पक्राउ गरेको बोहराले बताए।

खनालविरूद्ध ९९ लाख ९१ हजार रुपैयाँको बैंकिङ कसुर मुद्दामा अदालतले त्यति नै जरिवाना र १८ दिन कैद सजाय तोकेको थियो। खनाललाई बिहीबार नै जिल्ला अदालत काठमाडौंले कारागार चलान गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *