अन्तरिम सरकार गठन र प्रधानमन्त्रीको गिरफ्तारीको माग : आजपा

समाचार

काठमाडौं, भदौ २४ । आम जनता पार्टी (आजपा) केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी, अन्तरिम सरकार गठन र नयाँ राजनीतिक व्यवस्थाको निर्माणको माग गरेको छ।

आजपाले जारी गरेको प्रेस विज्ञप्तिमा हालै जेन जी पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनप्रति सरकारले देखाएको कठोर दमन र निहत्था विद्यार्थीहरूमाथि भएको निर्मम नरसंहारप्रति घोर आपत्ति जनाएको छ।

प्रवक्ता चन्द्र भुषण साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जनविश्वास र राजनीतिक वैधता दुवै गुमाइसकेको छ। अबोध विद्यार्थीको जीवन हरण गर्ने आदेश दिने प्रधानमन्त्री र यस अपराधमा संलग्न प्रहरी अधिकारीहरूलाई तुरुन्त गिरफ्तार गरी कारबाही अगाडि बढाउनुपर्छ।”

आजपाले वर्तमान अवस्थाबाट निकासका लागि अन्तरिम सरकार गठनको कुनै विकल्प नरहेको स्पष्ट गरेको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *