पर्सामा सशस्त्र प्रहरीको कडाइ : डिएसपी पुजाराको कमान्डमा ३ लाखभन्दा बढीको सामान बरामद

समाचार

पर्सा, १२ असोज ।
सशस्त्र प्रहरी बल पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ अन्तर्गत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको टोलीले सीमा क्षेत्रमा अवैध ढुवानीमा नियन्त्रण गर्दै करिब ३ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामानमध्ये करिब १ लाख ९३ हजार ७ सय ८५ रुपैयाँ मूल्य बराबरको किराना सामग्री र एक थान मोटरसाइकल भन्सारमा दाखिला गरिएको छ। साथै, १ लाख १० हजार रुपैयाँ बराबरको औषधि तथा अवैध रूपमा ल्याइएका सेतो अण्डा खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सीमाक्षेत्र हुँदै हुने अवैध ढुवानी तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल निरन्तर निगरानीमा रहेको जनाएको छ। डिएसपी पुजाराले टोलीको सक्रियता अझ प्रभावकारी रूपमा अघि बढाइएको उल्लेख गर्दै सीमा सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि पनि पर्सा क्षेत्रका विभिन्न नाकाबाट ठूलो परिमाणमा अवैध सामान बरामद हुँदै आएको छ। चाडपर्व नजिकिँदै गर्दा तस्करीमा वृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *