वीरगञ्जमा जुवाखालबाट तीन जना पक्राउ

समाचार

पर्सा, असोज २७।  जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ फुलवारी टोलस्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारी तीन जनालाई नियन्त्रणमा लिएको छ।

असोज २६ गते राति करिब ९ः४५ बजे खटिएको प्रहरी टोलीले जुवाखालबाटै रु. ५०,७५५ (पचास हजार सात सय पचपन्न) नगद र तीन वुक तास सहित जुवातास खेलिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ का २० वर्षीय रोहित रौनियार, ३० वर्षीय श्यामबाबु राय र वडा नं. १५ का २५ वर्षीय अनन्त कुमार गुप्ता रहेका छन्।

उनीहरू विरुद्ध जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *