बिरगंजको बसपार्कबाट जनकपुर जादै गरेको बसबाट लाखौं मुल्यको अबैध कपडा सशस्त्रको नियन्त्रणमा ।

समाचार

बिरगंजदेखि जनकपुर जाँदै गरेको बसबाट १ लाख ५७ हजार बराबरको भन्सार छलीका कपडा बरामद भएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।

बारा, ८ फागुन। सशस्त्र प्रहरी बल बारा सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा १ लाख ५७ हजार ५५० रुपैयाँ बराबरको विभिन्न भन्सार छलीका कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरीका डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले पर्साको बिरगंज बसपार्कबाट जनकपुर जाँदै गरेको सार्वजनिक बसलाई जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने गढिमाई मन्दिर चौकमा रोकि चेकजाँच गर्दा कपडा बरामद गरेको हो।

बरामद गरिएको कपडामा टेन्टको कपडा ८ थान (झण्डै १ लाख २४ हजार रुपैयाँ), सारी ६ पिस ( औसत मूल्य ६ हजार रुपैयाँ), लेडिज सुट ८ पिस ( औसत मूल्य १६ हजार रुपैयाँ) र चोलोको कपडा २ थान (झण्डै ११ हजार ५५० रुपैयाँ) रहेको छ।

सशस्त्र प्रहरीले बरामद गरिएको कपडालाई आवश्यक कानूनी प्रक्रिया तथा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *