कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

समाचार

वीरगंज, १३ कार्तिक ।
कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र रु. १० हजार जरिवाना सजाय तोकिएका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१७ अलौ निवासी २५ वर्षीय साहजिम मियाँ अन्सारी रहेका छन्। उनी २०७८ साल वैशाख ३ गते साँझ करिब ५ बजेको समयमा दाइजोको विषयलाई लिएर आफ्नी श्रीमती रबिना खातुनलाई शारीरिक तथा मानसिक रूपमा यातना दिई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेका थिए। घटनापछि अन्सारी फरार भएका थिए।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई वीरगंज–१७ अलौस्थित आफ्नै घरबाट बिहीबार बिहान ८:३० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेका अन्सारीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्मानित पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ विवरण:

  • नाम: साहजिम मियाँ अन्सारी
  • उमेर: २५ वर्ष
  • ठेगाना: वीरगंज महानगरपालिका–१७, अलौ
  • पक्राउ मिति: २०८२ साल कार्तिक १३ गते
  • मुद्दा शीर्षक: ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान)
  • सजाय: १ वर्ष कैद र रु. १०,००० जरिवाना
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *