नेपालमा इन्टरनेटको नयाँ युग — वर्ल्डलिंकले सार्वजनिक गर्‍यो ‘Wi-Fi 6G’! स्पिड ४ गुणा फास्ट हुने दाबी

समाचार सूचनाप्रविधि

काठमाडौं, कार्तिक २५ ।
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले देशमै पहिलो पटक ‘वाई–फाई 6G’ सेवा सुरु गरेको छ । कम्पनीले नयाँ पुस्ताको लागि अत्याधुनिक इन्टरनेट प्रविधि सार्वजनिक गर्दै, यसले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट प्रयोगको अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने दाबी गरेको छ।

कम्पनीका अनुसार **‘वर्ल्डलिंक सिक्सजी’**ले हाल प्रयोगमा रहेको वाई–फाई फाइभजी भन्दा ४० प्रतिशत बढी कभरेजचार गुणासम्म तीव्र स्पिड प्रदान गर्नेछ। यस प्रविधिले प्रयोगकर्तालाई अझ भरपर्दो कनेक्शन, सहज प्रदर्शन (पर्फमेन्स) र विभिन्न डिभाइस तथा स्थानमा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

नयाँ प्रविधिको सुरुवातको अवसरमा वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने,

“वाई–फाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो। वर्ल्डलिंक सधैं नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति प्रतिबद्ध छ।”

वर्ल्डलिंकले वाई–फाई 6G का विभिन्न प्याकेजहरू पनि उपलब्ध गराएको जनाएको छ, जसले घरायसीदेखि व्यवसायिक प्रयोगकर्तासम्म सबैलाई उच्च–गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।

🔹 मुख्य विशेषताहरू:

  • ४ गुणासम्म तीव्र स्पिड
  • ४०% बढी कभरेज
  • स्थिर र भरपर्दो कनेक्टिभिटी
  • बहु–डिभाइस प्रयोगमा सहज अनुभव

वर्ल्डलिंकका अनुसार, यो प्रविधि नेपालमा इन्टरनेट सेवाको नयाँ युगको सुरुवात हो।

कम्पनीले निम्न अनुसार 6G प्याकेजहरु रहेको उल्लेख गरेको छ:

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *