बीरगंज, ३० कात्तिक ।
जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताले शनिबार बिहान भिड नियन्त्रण अभ्यास सम्पन्न गरेको छ। मिति २०८२/०७/२९ गते बिहान अन्दाजी ८:३० बजे वीरगंज महानगरपालिका–४ स्थित त्रिजुद्ध मा.वि.को खेलमैदानमा आयोजित सो कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीको उपस्थितिमा प्रशिक्षण सञ्चालन गरिएको थियो।
प्रहरी नायब निरीक्षक सुनिल पनेरु तथा प्रहरी सहायक हवल्दार भुपेन्द्र प्रसाद यादवको निर्देशन र प्राविधिक प्रशिक्षणमा बिर्ता प्रहरी कार्यालय तथा मातहतका अन्य कार्यालयहरूबाट गरी कुल २७ जना प्रहरी कर्मचारी सहभागी भएका थिए।
सुरक्षा संवेदनशीलता, आकस्मिक भीड व्यवस्थापन तथा दंगानियन्त्रण क्षमतामा वृद्धि गर्ने उद्देश्यले गरिएको उक्त अभ्यास बिहान १०:३० बजे सफलतापूर्वक सम्पन्न भएको प्रहरी प्रशासनले जनाएको छ।
