मकवानपुर,५ मंसिर ।
हेटौँडा उपमहानगरपालिका–३ लेवटस्थित बाल उज्जवल माध्यमिक विद्यालयको सभाहलमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी साईबर सुरक्षा तथा लागुऔषध (ला.औ.) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
बस्तीपुर जेसीज मनहरीको आयोजनामा सञ्चालन भएको जेसीज सप्ताह २०२५ अन्तर्गत आयोजित उक्त कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक सङ्गीता लामाले सहजीकरण गरेकी हुन्।
कार्यक्रममा उनले विद्यार्थीहरूलाई
- साईबर अपराधका प्रकार, जोखिम र रोकथामका उपाय,
- सामाजिक सञ्जालको सुरक्षित प्रयोग,
- लागुऔषध दुव्र्यसनका असर, पहिचान र निवारण,
- समसामयिक घटनाका उदाहरण तथा
- आवश्यक कानुनी प्रक्रिया र उपचारका उपाय
बारेमा विस्तृत जानकारी प्रदान गरेकी थिइन्।
विद्यार्थीहरूलाई व्यवहारिक सीप र सचेतना प्रदान गर्दै गरिएको यो कार्यक्रम विद्यालय तथा अभिभावकहरूबाट प्रशंसनीय रहेको आयोजकले जनाएको छ।
