पर्सामा पटेर्वा सुगौलीका प्रहरी निरीक्षक थापाको कमान्डमा ३० किलो गाँजा सहित ६५ वर्षीय पुरुष नियन्त्रणमा

समाचार

पर्सा, १४ मंसिर ।
जिल्ला पर्साको जिराभवानी गाउँपालिका–५ शंकर सरैया टोलबाट प्रहरीले ठुलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा तथा अस्थायी प्रहरी चौकी शंकर सरैयाका प्र.स.नि. सहितको संयुक्त गस्ती टोलीले भारत बिहार राज्य, बेतिया मुसहरी टोलका ६५ वर्षीय गामा बिनलाई नियन्त्रणमा लिएको हो।

मिति २०८२।०८।१३ गते राति करिब ९:०० बजे शंकर सरैया क्षेत्र हुँदै हिँड्दै गरेका बिनलाई संकास्पद अवस्थामा रोकेर चेकजाँच गर्दा उनी बोकेको प्लास्टिकको बोराभित्र करिब ३० किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा सहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा ल्याइएकाे पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *