बारा प्रहरीको ठुलो सफलता : लागू औषध अफिम र गाँजासहित ५ जना पक्राउ

समाचार

बारा, १२ पुस ।
बारा प्रहरीले लागू औषध नियन्त्रण अभियान अन्तर्गत ठुलो सफलता हात पारेको छ। प्रहरीले छुट्टाछुट्टै दुई घटनामा लागू औषध अफिम जस्तो देखिने पदार्थ र भारी मात्रामा गाँजासहित ५ जनालाई पक्राउ गरेको छ।

अफिम जस्तो देखिने पदार्थसहित ३ जना पक्राउ:

मिति २०८२ साल पुस १२ गते दिउँसो करिब ३:३० बजेको समयमा इलाका प्रहरी कार्यालय कोल्हवी, बारा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज, पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कोल्हवी नगरपालिका वडा नं. ०१ बजारस्थित तामागढीबाट श्रीपुरतर्फ आउँदै गरेको प्र.२-०३-००५ प ६३१२ नम्बरको TVS मोटरसाइकललाई शंकास्पद देखी रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट लुकाइछिपाई राखिएको ४६० ग्राम लागू औषध अफिम जस्तो देखिने पदार्थ बरामद गरिएको छ। उक्त लागू औषध ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा निम्न व्यक्तिहरू तथा मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ पर्नेहरू :
जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. १० बस्ने वर्ष ३२ का राजेश साह
सोही स्थान बस्ने वर्ष २९ का नागेन्द्र साह
सोही स्थान बस्ने वर्ष २२ का ज्ञानेन्द्र राम

 

गाँजासहित २ जना पक्राउ

त्यसैगरी, मिति २०८२ साल पुस ११ गते राति करिब १०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साहको कमाण्डमा तथा प्रहरी चौकी अमृतगंज–खजानी, बाराबाट प्र.स.नि. विश्वराज प्रसाद कुशवाहासमेतको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा सिम्रौनगढ नगरपालिका वडा नं. ३ बडपुरवास्थित गगांनगरबाट नयकाटोलतर्फ जुटको बोरामा राखी पिठ्युमा बोकी लुकिछिपी लागू औषध ओसारपसार गर्दै गरेको अवस्थामा गाँजा बरामद गरेको हो।

प्रहरीले ४ वटा जुटका बोरामा रहेको जम्मा ६४ किलो ४५० ग्राम लागू औषध गाँजा बरामद गरी निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेहरू :
जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वडा नं. ३ नयकाटोल बस्ने अं. वर्ष ४० का राजकिशोर हजरा

भारत, बिहार राज्य, मोतिहारी जिल्ला, बनकटवा थाना अगरवागाउँ बस्ने अं. वर्ष ५० का सुरेश

निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार लागू औषध कारोबार नियन्त्रणका लागि बारा प्रहरीले अभियानलाई अझ कडा बनाएको छ र यस्ता अवैध क्रियाकलापमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याई कार्वाही गरिने प्रतिबद्धता जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *