बारामा २ किलोभन्दा बढी अफिमसहित तीन जना पक्राउ

समाचार

बारा, पुस २४।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी, बारा तथा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले २ किलोभन्दा बढी लागू औषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ साल पुस २४ गते अपराह्न करिब ४:३० बजे, जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं. ०१ नकटुवा स्थित पतञ्जलीबाट नकटुवा तर्फ जाँदै गरेको BR01CL6079 नम्बरको कारलाई रोकी चेकजाँच गरिएको थियो। सो क्रममा गाडीको पछाडिको सिटमाथि राखिएको कालो प्लास्टिकभित्र लागू औषध अफिम २ किलो २४ ग्राम (दुई पोका) फेला परेको हो।

अफिम ओसारपसार गरिरहेको अवस्थामा फेला परेका तीन जनालाई अफिमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिनुभयो।

पक्राउ परेका व्यक्तिहरूः
१.निलेश पटेल कुर्मी (३८ वर्ष)
बहुदरमाई नगरपालिका वडा नं. ०७, जिल्ला पर्सा

२.जौवाद अहमद (अं. ३२ वर्ष)
वीरगञ्ज महानगरपालिका वडा नं. ११, जिल्ला पर्सा

३.शेषनाथ चौरसिया (४८ वर्ष)
बिन्दावासिनी गाउँपालिका वडा नं. ०२, जिल्ला पर्सा

प्रहरीले लागू औषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान कार्यलाई तीव्रता दिएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *