सशस्त्र प्रहरीको २५औँ स्थापना दिवसमा पर्सामा सीमा वासीलाई न्यानो कपडा वितरण

समाचार

पर्सा, २७ पुस।
सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २५औँ स्थापना दिवस–२०८२ को पावन अवसरमा सीमा क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

मिति २०८२।०९।२७ गते जिल्ला पर्सास्थित बोर्डर आउट पोष्ट (BOP) अमरपट्टीमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा BOP अमरपट्टीको समन्वयमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत उक्त न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रम BOP अमरपट्टीका सशस्त्र प्रहरी निरीक्षक कमल राउतको अगुवाइमा सम्पन्न भएको थियो। जाडो तथा सितलहरको प्रभावलाई मध्यनजर गर्दै स्थानीय विपन्न तथा गरिब परिवारहरूलाई लक्षित गरी न्यानो कपडा तथा कम्बल वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त कार्यक्रममा BOP प्रसौनी भाट्टाका सशस्त्र प्रहरी निरीक्षक चेतन बालकोटी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयवासीहरूले सशस्त्र प्रहरी बलको यस किसिमको मानवीय तथा सामाजिक सहयोगले सीमा क्षेत्रमा सुरक्षासँगै जनमैत्री सम्बन्ध मजबुत भएको प्रतिक्रिया दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *