जनकपुरधाम,१५ माघ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह, सञ्चार मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को मिति २०८२/०८/१६ गतेको निर्णयअनुसार मधेश प्रदेशसहित देशभरका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउँदै आएको रविदास जयन्तीको सम्मानस्वरूप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
सो निर्णयअनुसार मिति २०८२/१०/१८ गते आइतबार (माघ पूर्णिमा) का दिन मधेश प्रदेशभर सार्वजनिक बिदा रहने मन्त्रालयले जनाएको छ। प्रदेशभित्र रहेका सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा शैक्षिक संस्थाहरूमा बिदा लागू हुने जनाइएको छ।

गृह, सञ्चार मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जारी गरेको सूचनामार्फत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।
