राप्रपा पर्सा–१ मा नन्दु श्रीवास्तवको घरदैलो तथा पार्टी प्रवेश अभियान तीव्र

राजनीति समाचार

पर्सा, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नन्दु श्रीवास्तवले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन्।

बुधबार राप्रपा पर्सा–१ अन्तर्गत शोलखपुर–३१ मा आयोजित बृहत् पार्टी प्रवेश तथा बुथ कमिटी गठन कार्यक्रममा उम्मेदवार श्रीवास्तव सहभागी भएका थिए। गोपाल न्योपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संयुक्त महिला समूहसहित सयौं स्थानीय युवाहरु राप्रपामा प्रवेश गरेका छन्।

नवप्रवेशीहरुलाई स्वागत गर्दै उम्मेदवार श्रीवास्तवले पार्टीको नीति, सिद्धान्त र विकासको एजेण्डा जनतासम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी निर्वाचनमा राप्रपाको जित सुनिश्चित गर्न सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा शोलखपुर–३१ का लागि सोनेलाल पन्जियारको अध्यक्षतामा ५१ सदस्यीय बुथ कमिटी गठन गरिएको राप्रपा पर्साले जनाएको छ। नवगठित कमिटीले निर्वाचन केन्द्रित अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास पार्टीले व्यक्त गरेको छ।

राप्रपा पर्साले क्षेत्र नम्बर १ का विभिन्न वडा र टोलहरुमा घरदैलो, भेटघाट तथा संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *