वीरगञ्ज ,८ बैशाख । जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–८ लिंक रोडस्थित समर होटल एण्ड लजको कोठा नं. १०५ बाट प्रतिबन्धित लागू औषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा मिति २०८३ वैशाख ६ गते राति करिब २१:५५ बजे खटिएको प्रहरी टोलीले उक्त होटलमा लागू औषध ओसारपसारमा संलग्न शंकास्पद व्यक्ति रहेको सूचनापछि कानुनी प्रक्रिया पूरा गरी कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भारत, विहार राज्य, मोतीहारी जिल्ला भेलाही गाउँ निवासी वर्ष २० का सागर कुमार पटेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पटेलको साथबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड (Tramadol Hydrochloride IP-50) बरामद गरिएको छ। १ पत्तामा १० वटा ट्याब्लेटका दरले ३,००० पत्ता अर्थात् जम्मा ३०,००० (तीस हजार) ट्याब्लेट फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
