प्रहरी कर्मचारीको मनोबल बढाउन इलाका प्रहरी कार्यालय पोखरियाद्वारा टिसर्ट वितरण

समाचार

पर्सा,२५ जेठ  । प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा उत्प्रेरणा गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाले आफ्नै आन्तरिक स्रोतबाट कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई टिसर्ट वितरण गरेको छ।

कार्यालयले प्रहरी कर्मचारीहरूको कार्यक्षमता, अनुशासन तथा संगठनप्रतिको समर्पण भावलाई थप सुदृढ बनाउन उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ। वितरण गरिएका टिसर्टले प्रहरी कर्मचारीहरूबीच एकता, आत्मविश्वास र संस्थाप्रतिको अपनत्व भावना बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाले प्रहरी संगठनभित्र सकारात्मक कार्य वातावरण सिर्जना गर्न तथा कर्मचारीहरूको हौसला बढाउन यस्ता प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रहरी कर्मचारीहरूले पनि कार्यालयको यस पहलले आफूहरूलाई थप जिम्मेवार र उत्साहित भएर सेवा प्रवाह गर्न प्रेरणा मिलेको बताएका छन्।

प्रहरी संगठनभित्र कर्मचारीको कल्याण र मनोबल वृद्धिका लागि गरिएका यस्ता गतिविधिलाई सकारात्मक रूपमा हेरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *