अवैध बालुवा उत्खननमा संलग्न ट्याक्टरसहित चालक पक्राउ

समाचार

वीरगञ्ज, २७ जेठ ।पर्सा प्रहरीले अवैध बालुवा उत्खनन तथा ओसारपसार नियन्त्रण अभियान अन्तर्गत बालुवा लोड गरिएको एक ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ढुवानी भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ना.३ त ६९०१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो। उक्त ट्याक्टरमा लोड गरिएको बालुवा सहित चालकलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर र चालकमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। पछिल्लो समय पर्सा जिल्लाका विभिन्न क्षेत्रमा अवैध बालुवा, गिट्टी तथा नदीजन्य पदार्थको उत्खनन र ओसारपसार बढ्दै गएपछि प्रहरीले निगरानी तथा कारबाहीलाई थप कडाइ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्राकृतिक स्रोत तथा वातावरणीय सन्तुलनमा असर पुर्‍याउने अवैध उत्खनन गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने जनाएको छ। साथै यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन तथा कुनै जानकारी भए तत्काल प्रहरीलाई सूचित गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *