बिना बिल–बिजक ग्राभेल बोकेका दुई टिपरसहित चालक नियन्त्रणमा

समाचार

वीरगञ्ज, ३० जेठ । पर्सा प्रहरीले बिना बिल–बिजक अवैधरूपमा ग्राभेल ढुवानी गरिरहेका दुई वटा टिपर र तिनका चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार  (२०८३ जेठ ३० गते) पर्सागढी नगरपालिका–३ क्षेत्रमा गरिएको चेकजाँचका क्रममा बिल–बिजकविहीन ग्राभेल लोड गरिएका ना.१ क ९९६७ र प्रदेश २–०३–००१ क ०९३५ नम्बरका दुई टिपर फेला परेका हुन्।

प्रहरीले दुवै टिपरसहित चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। बरामद गरिएका सवारी साधन तथा ग्राभेल सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीले प्राकृतिक स्रोत–साधनको अवैध उत्खनन तथा राजस्व छली नियन्त्रणका लागि जिल्लाभर निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको बताएको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा कानुनअनुसार आवश्यक कागजातसहित मात्रै ढुवानी गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *