जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रहरी निरीक्षकको बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

समाचार

वीरगञ्ज, असार ३ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रहरी निरीक्षक युवराज कटवालको बिदाइ तथा नवआगन्तुक कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको स्वागत कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८३ जेठ २७ गतेको निर्णयअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट सरुवा भई अपराध अनुसन्धान विद्यालय प्रशासन शाखा, महाराजगञ्ज काठमाडौं जान लाग्नुभएका प्रहरी निरीक्षक युवराज कटवालको सम्मानसहित बिदाइ गरिएको हो।

त्यसैगरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखका रूपमा सरुवा भई आउनुभएका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठलाई कार्यालय परिवारले हार्दिक स्वागत गरेको छ।

कार्यक्रममा वक्ताहरूले प्रहरी निरीक्षक कटवालले पर्सामा रहँदा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रममार्फत पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए। साथै, नवआगन्तुक कार्यालय प्रमुख श्रेष्ठलाई स्वागत गर्दै उहाँको नेतृत्वमा जिल्लाको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा कार्यालयका प्रहरी अधिकृत, प्रहरी कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। बिदाइ तथा स्वागत कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *