इलाका प्रहरी कार्यालय प्रसौनी बारामा स्वागत तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न

समाचार

बारा, असार ३ । इलाका प्रहरी कार्यालय प्रसौनी, बारामा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका प्रहरी निरीक्षक सुमन लामाको स्वागत तथा सरुवा भई जान लाग्नुभएका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको बिदाइस्वरूप ‘स्वागत तथा फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौंको मिति २०८३ जेठ  २७ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक सुमन लामा इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा सरुवा भई आउनुभएको हो भने प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुशी काठमाडौंमा सरुवा हुनुभएको छ।

असार ३ गते आयोजित कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले प्रसौनीमा कार्यरत रहँदाका अनुभव, कार्यालयबाट सम्पन्न भएका विभिन्न कार्य तथा प्रहरी कर्मचारीहरूको सहयोग र सहकार्यको स्मरण गर्दै सम्पूर्ण प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले कार्यालयको सफल सञ्चालनमा सबैको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै समन्वय र सहयोग कायम रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नवआगन्तुक कार्यालय प्रमुख प्रहरी निरीक्षक सुमन लामाले सरुवा भई जान लाग्नुभएका प्रहरी निरीक्षक श्रेष्ठको कार्यकालको प्रशंसा गर्दै आगामी जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले प्रसौनी क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा आफू प्रतिबद्ध रहने बताउनुभयो।

प्रहरी कर्मचारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रहरी संगठनभित्रको सहकार्य, आपसी सम्मान तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *