गहवामाई रथयात्राका अवसरमा असार ३२ गते वीरगञ्जका सबै विद्यालय बन्द

समाचार

वीरगञ्ज, असार ३१। गहवामाईको भव्य रथयात्राका अवसरमा वीरगञ्ज महानगरपालिकाले असार ३२ गते (बिहीबार) महानगरभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठन–पाठन स्थगित गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले बुधबार जारी गरेको सूचनाअनुसार गहवामाईको ऐतिहासिक तथा धार्मिक रथयात्रालाई मध्यनजर गर्दै उक्त दिन विद्यालयहरूमा नियमित कक्षा सञ्चालन नहुने जनाएको हो।

महानगरपालिकाले सम्बन्धित सबै विद्यालय, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई सोहीअनुसार आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।

उक्त सूचना शिक्षा अधिकृत (आठौँ) सृजना बुढाथोकीद्वारा २०८३ असार ३१ गते जारी गरिएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *